site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वीडेनविरुद्ध रोमाञ्चक जित निकाल्दै स्पेन पहिलो पटक फाइनलमा

काठमाडौं । रोमाञ्चक खेलमा स्वीडेनविरुद्ध २–१ को जित निकाल्दै स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्यान्डस्थित इडेन पार्कमा सम्पन्न रोमाञ्चक खेलको तीनै गोल खेलको निर्धारित समय सकिन अन्तिम १० मिनेट बाँकी रहँदा भएको थियो । स्पेनको जितमा साल्मा एयिनगोनो र ओल्गा कार्मोनाले गोल गरे । स्वीडेनकी रेबेका ब्लोमभिस्टले गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् ।

Dabur Nepal
NIC Asia

खेलको ८१औँ मिनेटमा एयिनगोनोले गरेको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर, ८८औँ मिनेटमा ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काएकी थिइन् । यसको एक मिनेटपछि नै कार्मोनाले गोल गर्दै पुनः स्पेनलाई अग्रतामा राखेकी थिइन् ।

यसपछि दुवै टिमबाट गोल हुन नसक्दा स्पेनले विश्वकपको तेस्रो सहभागितामा नै फाइनलसम्मको यात्रा निश्चित गरेको हो ।

सन् २०१५ अघिसम्म विश्वकपमा छनोट भएको थिएन । र, यस संस्करणअघि प्रि–क्वार्टरफाइनल प्रवेश गर्नु नै स्पेनको सबैभन्दा ठूलो उपलब्धि थियो ।

समूह ‘सी’को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको स्पेनले प्रि–क्वार्टरफाइनलमा स्वीट्जरल्यान्ड र क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सलाई हराएको थियो ।

यता, सेमिफाइनलसम्मको यात्रा तय गर्दा समूह ‘जी’को विजेता स्वीडेनले अन्तिम–१६ मा साविक विजेता अमेरिका र क्वार्टरफाइनलमा सन् २०११ को च्याम्पियन जापानको चुनौती पन्छाएको थियो ।

स्पेनले अब उपाधिका लागि इंग्ल्यान्ड र घरेलु टिम अस्ट्रेलियाबीचको विजेतासँग खेल्ने छ । यी दुई टिमबीचको दोस्रो सेमिफाइनल भोलि (बुधबार) दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro