site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एउटै विद्यालयका सयजनामा आँखा पाक्ने समस्या, उपत्यकाका डेढ सय बढी विद्यालय बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि डेढसय बढी विद्यालय बन्द गरिएको छ ।

ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।

सोमबारसम्म १०० जना विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि काठमाडौंको टोखा नगरपालिका धापासीस्थित हेराल्ड इन्टरनेसनल मावि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ ।

Dabur Nepal
NIC Asia

तीनवटा विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । तीमध्ये हेराल्डमा ठूलो संख्यामा संक्रमित देखिएको टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले जानकारी दिए ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, १४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ४० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको छ । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको महानगरले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन सोमबार र मंगलबारका लागि १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको छ ।

विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।

ललितपुरकै महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुलमा आइतबारदेखि बन्द छ । “झन्डै ५० जना विद्यार्थीमा संक्रमण देखियो भनेपछि आइतबारदेखि केही दिनका लागि विद्यालय बन्द गर्न भनेका हौँ” महालक्षमी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले भने ।

एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमण उपत्यकाबाहिर घट्दै गएपनि काठमाडौंमा भने तीव्र रूपमा फैलिइरहेको छ । कीर्तिपुर आँखा अस्पतालमा दैनिक ६० देखि ७० जना आँखा पाक्ने बिरामी आइपुग्ने गरेका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानमा गत जुलाइयता १ देखि १० अगस्टसम्म एक हजार ३९७ जनामा यो समस्या पहिचान भएको छ ।

विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ । आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ ।

त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको तिलंगगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा. वन्दना खनाल बताउँछिन् ।

भाइरल कन्जन्टीभाइटीस्को लक्षण देखिन चारदेखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि किनेर लगाउनु हुँदैन विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ ।

संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro