site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित
लगातारको वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पुर्‍याएको क्षति । तस्बिर : देवराज सुवेदी/रासस ।

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका–११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण बाटो अवरुद्ध भएको थियो ।

आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान तामाङले बताए । तामाङले नगरपालिकाअन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चनौटे, ग्याल्थुम र ढुंग्रे बजारमा हालिएको ग्याबिन जाली समेत बाढीले बगाएको उनको भनाइ छ ।

गाउँपालिकाको ढुंग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलीब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् । तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने उनले बताइन् ।

यसैगरी, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर–८, खाल्डे गेटअगाडि उत्तिसघारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ ।

त्यस्तै, तिपेनी ‘ड्याम साइड’अगाडिको पहिरो पन्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नुपरेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागिपरेको बताए । कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro