site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सी र लिभरपुलले अंक बाँडे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाँडेका हुन् ।

पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।

आइतबारै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा क्रिस्टियन रोमेरोले ११औं मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता बनाएको थियो ।

२६औं मिनेटमा ब्रायन एम्बेउमोले पेनाल्टी सदुपयोग गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काएका थिए । ३६औं मिनेटमा योएने विसाको गोलमा ब्रेन्टफोर्डले पाहुना टिमविरुद्ध २–१ को अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा एमेरसन रोयलले गरेको गोलबाट टोटनहम खेलमा फर्किएको थियो । यसपछि थप गोल हुन नसक्दा ब्रेन्टफोर्ड र टोटनहमले अंक बाँडे ।

पहिलो खेलमै रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement