राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका एक मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई फिर्ता बोलाइएको हो । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १७:३६
प्रतिक्रिया दिनुहोस्