site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो वा डुबानको जोखिमबाट बच्न यसरी गरौँ पूर्वतयारी
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सुरु भएसँगै बाढीपहिरो वा डुबानको जोखिम बढेको छ । नेपालमा हरेक वर्ष बाढीपहिरोबाट जनधन क्षति हुने गरेको छ ।

बाढीले बर्सेनि तराईका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा पहिरोले घर बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् ।

घर–गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा रहेको अवस्थाका त्यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न पूर्व तयारी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुलेटिनमा बाढीपहिरो वा डुबानको जोखिमको पूर्वतयारीबारे उल्लेख गरेको छ ।

– नदीको जलसतहले सतर्कता तह पार गरेको सूचना आएमा अथवा केही म्यासेज आयो छ कि बेला–बेलामा मोबाइलमा चेक गर्न, दैनिक बुलेटिनमार्फत मन्त्रालयले स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्न आग्रह गरेको छ ।

– सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थानतिर जानुपर्ने बताइएको छ ।

– मोबाइलमा ब्याट्री र ब्यालेन्स छ छैन चेक गर्नुस् । यस्तो बेला अनावश्यक तथा लामो कुराकानी नगर्नुहोस् । ब्याट्री बचाएर, ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्न अनुरोध गरेको छ ।

– मोबाइलमा अत्यावश्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । बाढीबारे बुझ्न ११५५ सहयोगका लागि ११४९, प्रहरीलाई बोलाउन १०० र स्वास्थ्य समस्या भए १११५ र ११३३ फोन गर्न सकिनेछ।

– अत्यावश्यक कागजातहरू जस्तै नागरिकता, लालपूर्जा, जन्मदर्ता विवाहदर्ता, राहदानी, शैक्षिक प्रमाणपत्रहरू साथै गरगहना र नगदका साथै अत्यावश्यक औषधि, टर्चलाइट, पानी, तयारी खाजा जस्ता सामानहरू एउटा झटपट कोलामा सुरक्षित राख्न र सुरक्षित स्थानतिर जाँदै सँगै लैजान बुलेटिनमार्फत मन्त्रालयले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro