site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणले भन्यो– उद्धार उडानमा बन्देज गरिएको छैन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ ।

प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्र एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।

मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्र उडान गर्ने गरी निर्णय भएको र मौसमअनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पारे ।

“दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागु गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुट वेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्,” प्राधिकरणका प्रवक्ता निरौलाले भने ।

मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अपरेसन आवरमा मात्र उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो ।

प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६ः३० देखि मध्याह्न १२ः३० को समयावधिलाई अपरेसन आवर मानिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro