site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सूर्यनारायण एच पेलिसको गजल

होलिका जले पनि यहाँ प्रह्लाद जल्नु हुँदैन
घरको गारो झरे पनि धुरीखाँबो ढल्नु हुँदैन

दया अपराधीप्रति मात्र पलाउने दुष्ट शासन 
निर्दोषको नाममा उसकै मुटु जल्नु हुँदैन

गोठमा गोठालो क्रन्दनमा डुबिरहँदाखेरि
अनुदान बेहिसाब रातारात बदल्नु हुँदैन 

रगत पसिना लुटेका नोटहरूका खातैखात
लुटेराकै अनुहारहरू मात्र धपक्क बल्नु हुँदैन

(म्याग्दे–६, तनहुँ)
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्