site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
रूसले ४७ वर्षपछि चन्द्रमाका लागि प्रक्षेपण गर्‍यो लुना–२५
Sarbottam CementSarbottam Cement

काठमाडौं । रूसले लामो समयपछि आफ्नो चन्द्रमा अन्वेषणको कार्यक्रमलाई पुनः सुरु गरेको छ । शुक्रबार अगस्ट १० मा रूसले चन्द्रमामा अवतरणका लागि लुना–२५ को प्रक्षेपण गरेको हो ।

रूसको सुदूरपूर्वी अमुर क्षेत्रस्थित भोस्तोचिनी कोस्मोड्रोन स्पेसपोर्टबाट सोयुज–२.१बी रकेटबाट लुना–२५ को प्रक्षेपण गरिएको हो ।

यसै स्पेसपोर्टबाट सन् १९७६ मा सोभियत संघले प्रक्षेपण गरेको लुना–२४ चन्द्रमाबाट १७० ग्राम माटो लिएर फर्किएको थियो । त्यसयता लुना–२५ रूसको घरेलु उत्पादित चन्द्र प्रोब हो । एक हजार ६०० किलोग्रामको लुना–२५ यसका पूर्ववर्तीहरू भन्दा फरक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोभियत संघले नै पहिलो स्याटेलाइट बनाएको र अन्तरिक्षमा पठाएको थियो भने, पहिलोपटक अन्तरिक्षमा मान्छे पठाएको थियो ।

सबै कुरा योजनाअनुसार अघि बढेमा लुना–२५ पाँच दिनपछि चन्द्रमाको कक्षमा पुग्ने छ । अर्को पाँचदेखि सात दिन यसले हाम्रो प्राकृतिक उपग्रहको परिक्रमा गर्नेछ ।

Global Ime bank

त्यसपछि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा रहेको बोगुस्लावस्की क्रेटर नजिकै लुना–२५ अवतरण हुनेछ ।

ब्याकअप ल्यान्डिङ स्पटका रुपमा मान्जिनी क्रेटरको दक्षिणपश्चिम र पेन्टल्यान्ड ए क्रेटरको दक्षिणी भागलाई पनि हेरिएको छ ।

सुरक्षित रुपमा अवतरण भइसकेपछि लुना–२५ ले कम्तिमा पृथ्वीको एक वर्षको अवधिसम्म चन्द्र सतहमा काम गर्नेछ ।

लामो ढिलाइ

लुना–२५ को प्रक्षेपणका लागि सोचेभन्दा निकै बढी दुई वर्ष ढिलाइ भएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनयुद्ध सुरु भएपछि युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)ले लुना–२५ कै लागि बनाएको पाइलट–डी नेभिगेसन क्यामेरा दिएको थिएन । ईएसएले रूससँगको अन्य सहकार्य पनि तोडेको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चन्द्रमामा जाने लुना–२५ को बाटो कुनै कुराले नछेक्ने भनेका थिए ।

सन् २०२२ कै अप्रिलमा भोस्टोचनी कोस्मोड्रोमको भ्रमण गर्दै पुटिनले अमेरिका, युरोपेली संघ र अन्यले रूसमाथि लगाएको प्रतिबन्धले राष्ट्रलाई अन्तरिक्ष अन्वेषण गर्नबाट रोक्न नसक्ने भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !