site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखामा बस दुर्घटना, २१ जना घाइते

काठमाडौं । दोलखामा एउटा यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखामा सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बस दुर्घटना भएको उनले बताए । च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए ।

“२१ जना घाइतेलाई अस्पतालमा ल्याइएको छ । घाइतेको उपचार हुँदै छ, अवस्था गम्भीर देखिएको छैन,” प्रहरी निरीक्षक सिग्देलले बाह्रखरीसित भने, “एक/दुईजनाको टाउकोमा अलि बढी चोट लागेको देखिन्छ ।”

बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro