site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो ।

गएराति बीपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३ गुञ्ज होटेल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय रामबाबु मोक्तानलाई ठक्कर दिएको थियो । उनको जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–४ स्थित भब्सीपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७१५३ नंको जिपले बाटो काट्दै गरेका पैदलयात्री महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको बर्दिबास सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro