site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंकको अन्तर्राष्ट्रिय कारोबार गर्ने प्रणाली ह्याक गरी रुपैयाँ स्थानान्तरण गरिएको घटनालाई विज्ञहरुले बैंकिङ असुरक्षाको सुरुवाती अलार्म भनेका छन् । डेल्टा ल प्राइवेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा साइबर कानुनका ज्ञाता बाबुराम आर्याल नेपालको बैंकिङ क्षेत्रमा असुरक्षाको सुरुवाती अलार्म बजेको बताउँछन् । एनआईसी एशिया बैंकको प्रसंग निकाल्दै उनले यस्तो घटनालाई सरकार, बैंक तथा सरोकारवाला निकायहरुले गम्भिर रुपमा नलिने हो भने भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । 

“कर्मचारीको यूजर पासवर्ट ‘एट्याक’ भएको हो कि स्वयम् उनीहरु नै समावेश भएका छन् अथवा स्वीफ्ट ह्याक भएको हो ? त्यसको अध्ययन भइरहेको छ,” उनले भने, “यदि स्वीफ्ट नै ह्याक भएको हो भने यो समस्या ठूलो हो ।”

उनका अनुसार कुनै पनि बैंकको सुरक्षालाई मजवुत बनाउन सूचना प्रविधि प्रणाली, मेन्युअल सिस्टम, पोलिसी लगायतलाई दरिलो बनाउन आवश्यक छ । तर बैंकहरुले त्यसलाई ध्यान दिएको देखिँदैन । राष्ट्र बैंकको मार्गदर्शनलाई बैंकहरुले पालना नगरेको उनी बताउँछन् । “अधिकांश बैंकहरु सूचना प्रविधि सुरक्षाको दृष्टिकोणले चनाखो छैनन्,” उनले भने, “बैंकले वित्तिय सुरक्षालाई बोझको रुपमा लिने गरिएको छ । सुरक्षालाई वेवास्ता गर्नाले भविष्यमा ठूलो दुर्घटना वेहोर्नुपर्ने अवस्था आउन सक्छ ।” हालको कानुनले बैंकको सुरक्षा लगायतको पाटोलाई प्रत्यक्ष सम्बोधन गर्न नसकेको उनले गुनासो गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले बैंकिङ क्षेत्र सूचना तथा प्रविधिको भरमा अघि बढेको बताए । त्यसैसँग बैंकको विकास समेत जोडिएको उनको भनाइ छ । “जसरी प्रविधिको प्रयोग बढाउँदै जान्छौं, त्यसरी नै सुरक्षालाई समेत सबल बनाउँदै लैजानुपर्छ,” उनी भन्छन् । 

विश्वको वित्तीय अपराधमा साइबर वित्तीय अपराध २४ प्रतिशत रहेको बताइन्छ । भारतमा मात्रै समग्र वित्तिय अपराधमध्ये ३३ प्रतिशत साइबर वित्तीय अपराध छ । नेपालमा भने अहिलेसम्म औपचारिक रुपमा तथ्यांक नआए पनि साइबर वित्तिय अपराधको सुरुवात भइसकेको प्रमुख कार्यकारी अधिकृत सुब्बा बताउँछन् । 

Global Ime bank

उनका अनुसार बैंकले आफ्नो सुरक्षा प्रणालीलाई मजवुत राख्नुपर्ने हुन्छ किनभने जुनसुकै समयमा पनि बैंकको वित्तिय प्रणाली ह्याक हुन सक्छ । 

“जहिले पनि बैंक तथा वित्तिय क्षेत्रमा ह्याक हुने सम्भावनालाई मध्यनजर गरेर ३६५ दिनै युद्धस्तरको तयारी गर्न जरुरी छ,” उनले भने, “बैंक तथा सरकारले आ–आफ्नो क्षेत्रबाट वित्तिय अपराधबाट बच्ने उपाय अपनाउनुपर्ने हुन्छ । त्यसको लागि साइबर र वित्तिय अपराध हेर्ने छुट्टै ‘अटोनोमस बडी’ बनाउन आवश्यक छ ।”

बैंकको सिस्टम ह्याक हुनबाट बचाउन सिस्टमलाई नियमित अपडेट गर्ने, सेक्युरिटी अडिट गर्र्ने, ह्याकर पसेको नपसेको परीक्षण गरिरहने, विभिन्न सफ्टवेयरहरुलाई अपडेट गर्ने आदि काम गर्नुपर्ने सरोकारवाला तथा विज्ञहरुको सुझाव छ ।बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह संसारभर नै ह्याकरको समस्या रहेको बताउँछन् । “नेपालमा पनि त्यसलाई मध्यनजर गरेर विगतदेखि नै बैंकका तथ्यांकहरुलाई सुरक्षित गर्दै आएका छौं,” उनले भने ।

पछिल्लो घटनाले बैंकहरुलाई गम्भिर बनाएको भन्दै उनले भने, “राष्ट्र बैंकसँग सूचना तथा प्रविधि सेयरिङ ग्रुप बनाउने तयारी भइरहेको छ ।” साथै अन्तर्राष्ट्रिय मापदण्डको बैंकिङ सुरक्षा अपनाउने उनको भनाइ छ । 

अहिले ह्याकमार्फत बाहिरिएको अधिकांश रकम फिर्ता भइसकेकोे राष्ट्र बैंकले बताएको छ । हालसम्म किटानसँग ‘स्वीफ्ट ह्याक’ भएको वा होइन, आधिकारिक रुपमा कसैले भन्न सकेका छैनन् । वास्तविकता पत्ता लगाउन नेपाल राष्ट्र बैंक, भारतको ‘केपिएमजी’को टोलीलगायतले अनुसन्धान जारी राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय