site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
शनिबारदेखि यी नदीका तटीय क्षेत्रमा उच्च सतर्क रहन आग्रह 
SkywellSkywell

काठमाडौं । भारी वर्षाका कारण केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, झापा, मोरङ, सुनसरी र सप्तरीका नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । 

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Dabur Nepal
NIC Asia

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ । 

शनिबार रातिदेखि देशभरका नदीको जलसतह उल्लेख्य बढ्ने र शनिबार र आइतबार कोसी, कन्काई, कमला र वाग्मतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने बताइएको छ । 

आइतबार र सोमबार बबई, पश्चिम राप्ती, कर्णाली, महाकालीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने भएकाले साउन २७ गते रातिदेखि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro