site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘धर्मगुरुको प्रवचन’मा जिल्ला समन्वय समिति पर्वत आयोजक
Sarbottam CementSarbottam Cement

पोखरा । धार्मिक गुरु कमलनयनाचार्यको प्रवचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्वत नै आयोजक बनेको छ । समन्वय समिति पर्वतले निर्णय नै गरेर पर्वतका ६१ वटै पालिकालाई पत्र पठाएर कार्यक्रममा उपस्थित हुन भनेको छ ।

जिल्ला समन्वय समिति पर्वतले साउन १८ गते उपप्रमुख सोमबहादुर जिसीको अध्यक्षतामा बैठक बसेर कमलनयनाचार्यको प्रवचन कार्यक्रमबारे निर्णय गरेको छ । उक्त बैठकमा अर्का धार्मिक अभियन्ता सुदर्शन प्रपन्नाचार्यदेखि कुश्मा नगरपालिकाका उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, कुश्माका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

उक्त बैठकले २७ गते हुने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने भन्दै कार्यविभाजन गर्ने निर्णय गरेको थियो । उक्त बैठकको निर्णयानुसार शनिबार युनिभर्सल पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमको संयोजनदेखि पत्राचारको सबै काम जिल्ला समन्वय समितिले गर्ने गरी कार्यविभाजन गरिएको छ । निर्णयमा नै बढीभन्दा बढी उपस्थितिको लागि सबै पालिकालाई पत्राचार गर्ने भनिएको छ ।

“कार्यक्रमलाई बढीभन्दा बढी उपस्थित गराई प्रभावकारी बनाउन पर्वतस्थित सातवटै पालिकालगायत ६१ वडासमिति, छिमेकी जिल्ला बागलुङ र पर्वतका आसपासका पालिकाहरु, विद्यालय, क्याम्पसका प्रमुख÷अध्यक्ष, संघसंस्था, कार्यालय प्रमुखहरु, मठमन्दिर, देवालयका पुजारी तथा अध्यक्षहरु, भजनकृतन टोलीलगायत बढीभन्दा बढी सहभागिता गराउने निर्णय गरियो,” निर्णयमा उल्लेख गरिएको छ ।

Global Ime bank

No description available.No description available.

जिल्ला समन्वय समितिले उक्त निर्णय वेवसाइटमार्फत सार्वजनिक गरेको छ । पत्र पुगेका पालिकाहरुले पनि सोही प्रकृतिको सूचना प्रकाशन गरेका छन् ।

फलेवास नगरपालिकाले सूचना प्रकाशन गर्दै पालिकाभित्रका प्रमुख÷उपप्रमुखदेखि ११ वटै वडा, वडाका जनप्रतिनिधि, पालिकाभित्रका निजामती कर्मचारीदेखि लिएर शिक्षक र मठमन्दिरदेखि शिवालय र देवालयको नाममा सम्बोधन गरेर उपस्थित हुन अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले हस्ताक्षर गरेर उपस्थितिको लागि आह्वान गरिएको पत्रमा बागलुङको पञ्चकोटमा आउने फागुन ९ देखि २३ गतेसम्म हुने ब्रह्माण्डीय महायज्ञको जानकारीका लागि आएका साधु सन्तको उपस्थितिमा हुने धार्मिक प्रवचनमा उपस्थित हुन भनिएको छ ।

No description available.

“ब्रह्माण्डीय महायज्ञको जानकारीको लागि श्री मुक्तिनाथ बाबाज्यूको तर्फबाट खटिई आउने साधु सन्त समेतको उपस्थितिमा भएको सरकारेकारवाला निकायहरु जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका पदाधिकारी, कर्मचारी र स्वयं मुक्तिनाथ बाबाज्यूको उपस्थितिमा हुने बृहत् धार्मिक प्रवचन तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछु,” सूचनामा आचार्यले लेखेका छन् ।

स्थानीय पालिकाले पनि जिल्ला समन्वय समितिको निर्णयअनुसार धार्मिक प्रवचनको निमन्त्रणा वेबसाइटमा नै सार्वजिनक गरेका छन् । फलेवास नगरपालिकाले जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकद्वारा हस्ताक्षरित पत्र पनि सँगै प्रकाशन गरेको छ । विकले कार्यक्रमको मिति, ठेगानासहित धर्मगुरु कमलनयनाचार्यको तस्बिर अंकित निमन्त्रणापत्रमा हस्ताक्षर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement