site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्चस्तरीय समिति गठनको मागले अनुसन्धान प्रभावित हुन्छ : वामदेव
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायत प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले सुन तस्करी, नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणको अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको बताए । यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने मागले अहिलेको अनुसन्धान नै प्रभावित हुने उनको भनाइ छ ।

उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठाइन सक्ने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताए । प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको भए अविश्वासको प्रस्ताव ल्याउन उनले सुझाव दिए ।

उनले सरकारका निकायले नै छानबिन गरिरहेकाले पर्खनुपर्ने र त्यसपछि मात्र उच्चस्तरीय समितिको माग गर्नुपर्ने धारणा व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro