site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, देउवा र ओलीबीच छलफल 
फाइल तस्बिर ।

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

उनीहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यो विषयमा सत्तापक्ष सहमत छैन । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सदनको अवरोध लम्बिँदो छ ।

संसद् बैठकअघि शीर्ष नेताबीच छलफल भएको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro