site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पारोलाई हराउँदै मछिन्द्र दोस्रो चरणमा, अब भारतको मोहन बगानविरुद्ध खेल्ने 

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीलाई हराउँदै नेपालको मछिन्द्र फुटबल क्लबले दोस्रो चरणमा स्थान पक्का गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले पाहुना टिम पारोको चुनौती ३–२ पन्छाउँदै छनोटको दोस्रो चरणमा स्थान बनाएको हो । मछिन्द्रले अब छनोटको दोस्रो चरणमा भारतको क्लब मोहन बगानविरुद्ध खेल्ने छ । मोहन बगानविरुद्ध जित निकाले मछिन्द्रले छनोटको प्लेअफमा ताजिकिस्तानको फुटबल क्लब खुजान्डविरुद्ध खेल्ने छ ।

मंगलबार मछिन्द्रको जितमा विमल घर्तिमगर, आयुश घलान र अफिज ओलावालले गोल गरे । पारोका काजुओ होम्मा र इभान्स असान्टले गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने पारोले बनाएको थियो । खेलको सातौं मिनेटमा काजुओ होम्माले गरेको गोलबाट पारोले अग्रता बनाएको थियो । 

तर, पारोको गोलपछि बारम्बार आक्रमण बुनेको मछिन्द्रले गोल बेहोरेको पाँच मिनेटपछि नै बराबरी गोल फर्काएको थियो । मछिन्द्रका लागि १२औँ मिनेटमा विमलले बराबरी गोल फर्काएका थिए । 

आयुश घलानले गरेको क्रसमा विमलले हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए । त्यसको तीन मिनेटपछि नै आयुश आफैले मछिन्द्रका लागि दोस्रो गोल गरेका थिए । १८ यार्ड बक्सभित्रबाट विमलले निकालेको छोटो पासलाई अनमार्क्ड रहेका आयुशले सदुपयोग गर्दै गोल गरेका थिए ।

यस्तै, ४०औँ मिनेटमा अफिज ओलावालले मछिन्द्रको अग्रतालाई ३–१ मा पुर्‍याए । राइड साइडबाट करिम ओमालाजाले गरेको क्रसमा ओलावालले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा बलमाथि नियन्त्रण राख्दै आक्रामण बुनेको मछिन्द्रले दोस्रो हाफमा भने पाहुना टिम पारोबाट केही दबाब खेप्यो । 

पारोका लागि इभान्स असान्टेले ७१औं मिनेटमा गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए पनि टिमको हार भने टार्न सकेनन् ।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पारोका इभान्सले गरेको क्रसमा काजुओ होम्माको प्रहार गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि मछिन्द्रले पारोको खेलमा फर्किने मौका टारेको थियो । 

इन्जुरी समयमा विमल घर्तिमगरले खाली पोस्टमा गोल गर्न नसक्दा मछिन्द्रले अग्रता फराकिलो बनाउने सुनौलो अवसर गुमायो । आशिष चौधरीले मध्यभागबाट एक्लै अघि बढाएको बल भुटानी एक रक्षक र गोलकिपरलाई बिट गर्दै विमललाई निकालेका थिए । तर, विमलले त्यसको सदुपयोग गर्न नसक्दा मछिन्द्रले सुनौलो अवसर खेर फालेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro