site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले बीपी राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२, कमेरेफाँटस्थित बीपी राजमार्गमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सो स्थानमा आज बिहान करिब सवा १ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । बिहान करिब सवा ४ बजे बाटो एकतर्फी खुलाइएको थियो । तर, बिहान करिब ६ बजेर २० मिनेटदेखि सडक पुनः दुईतर्फी अवरुद्ध भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सडकमाथिबाट ढुंगामाटोसहितको लेदो झरेर सडक अवरुद्ध भएको सो कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro