site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामारी नियन्त्रणका लागि तीन करोड बढी बजेट, के गर्दै छ सरकार ?
SkywellSkywell

काठमाडौं । जुलाईयता नेपालमा डेंगी संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार २०२३ को जनवरीयता ६ अगस्टसम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । 

जुलाईमा मात्रै तीन हजार ६२६ जना संक्रमित थपिएका थिए । संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ । ८० प्रतिशत संक्रमित सुनसरीको धरानसहित १० जिल्ल्लामा रहेको महाशाखाको तथ्यांक छ । 

यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । विश्वभर देखिएकामध्ये अधिकांश देशमा डेंगीका चारवटा सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) नै देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । जसमा फरकफरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

यस अवस्थामा संक्रमणले महामारीको रूप लिँदैन भन्नेमा ढुक्क हुने अवस्था नरहेको विज्ञहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ एवम् स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. अनुप बास्तोला डेंगी नियन्त्रत्रणकका लागि स्थानीय सरकार र समुदायस्तरको सक्रियता नपुगेको बताउँछन् । 

"नीति र कार्ययोजनामा जतिसुकै राम्रा कार्यक्रम राखिए पनि त्यसको कार्यान्वयनको पाटो फितलो भएको देखिन्छ । चाहे स्थानीय तह हुन् या आम नागरिक डेंगी नियन्त्रणमा बनाइएका कार्यक्रम र नियमहरूको पालना कसैले गरेको पाइँदैन," उनी भन्छन् । 

Royal Enfield Island Ad

लामखुट्टेको लार्भा सबैभन्दा धेरै वृद्धि भइरहेको टायरमा जमेको पानी व्यवस्थापनमा समेत कसैको चासो नभएको उनको बुझाइ छ । "हामी दैनिक जीवनमा गर्नसक्ने सामान्य सावधानीहरू पनि अपनाउँदैनौँ भने डेंगी वर्षैपिच्छे यसरी नै देखिइरहन्छ । देखिन्छ मात्रै होइन महामारीकै रूपमा फैलिइरहन्छ," डा. बास्तोलाको भनाइ छ । 

सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा बढी डेंगी संक्रमण फैलिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सो एक वर्षमा ५४ हजार ७८४ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो संख्या नेपालमा डेंगी सुरु भएयता (सन् २००४) कै सबैभन्दा बढी हो । त्यस्तै सन् २०२२ मा डेंगी संक्रमणबाट ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

महामारी नियन्त्रणमा तीन करोड बढी बजेट

सरकारले डेंगी महामारी नियन्त्रणका लगि आर्थिक वर्षको सुरुवातमा तीन करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहका अनुसार सो रकमबाट प्रत्येक प्रदेशलाई १९ लाख रुपैयाँका दरले बजेट पठाइसकिएको छ । 

तर, स्थानीय तहहरूसँग अझै प्रभावकारी समन्वय हुन नसकेको उनी स्वीकार्छन् । जसले गर्दा डेंगी नियन्त्रणका कार्यक्रम अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेका छैनन् । 

त्यस्तै, सरकारले डेंगीलाई महामारीको रूपमा फैलिन नदिन डेंगी नियन्त्रण रोकथाम तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसले तीनै तहका सरकारको जिम्मेवारी बाँडफाँट गरिएको छ । जसअन्तरगत केन्द्र सरकारको काम नीति योजना निर्माणमा मुख्य भूमिका रहेको र रोकथामका लागि समुदायस्तरमा चलाउने कार्यक्रमको जिम्मा  स्थानीय तहको रहने महाशाखाका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । 

नागरिकको पनि सचेत र सक्रिय बन्ने कि ? 

डेंगी संक्रमणको अवस्था भयावह हुन नदिन सरकार र समुदाय दुवैको तर्फबाट सन्तुलित प्रतिकार्य आवश्यक हुने जनस्वास्थ्य विज्ञहरूको अनुभव छ । महामारी नियन्त्रणमा सरकार वा समुदाय मात्रैको प्रयास पर्याप्त नहुने तर्क राख्छन् जनस्वास्थ्यविद् डा. शरद वन्त । 

"जनस्तरबाट हामीले गर्नसक्ने सरसफाइ, लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, टोकाइबाट बच्नेजस्ता ससाना तर प्रभावकारी उपाय अपनाउन सकिन्छ । तर, किटनाशक प्रयोग गर्ने समुदायस्तरमा लामखुट्टे नष्ट अभियान नै चलाउनेजस्ता काम त सरकारको तर्फबाट हुनुपर्‍यो नि," डा. वन्त भन्छन् । 

निर्देशन दिने मात्रै नभई नियन्त्रणका लागि बनेका नियम र कार्ययोजना कार्यान्वयनको वातावरण बनाउने कुरामा सरकारको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने उनको तर्क छ । हरेक महामारी फैलिन नदिन सरकार र नागरिकस्तरको संयोजित र सन्तुलित पहल जरुरी रहेको डा. वन्त बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro