site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को  प्रि–अर्डर सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङ, नेपालले पाँचौँ जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरु ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर खुला गरेको छ । कम्पनीले एक विज्ञप्तिमार्फत प्रि–अर्डर गर्न सकिने जानकारी दिएको हो ।

प्रयोगकर्ताहरुले स्लिक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउने पनि बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि  ग्राहकहरूले २०८० साउन २२ गते (आज) देखि नै यी पाँचौँ जेनेरेसनका फोल्डेबलहरूको प्रि–अर्डर गर्न सक्नेछन् । प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा गएर गर्न सक्नेछन् ।

ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेन्डर र कालो तीन रङमा उपलब्ध हुने बताइएको छ । यसको बजार मूल्य आठ जीबी र्‍याम र २५६ जीबी मेमरी भएको मोडललाई एक लाख ३९ हजार ९९९ रुपैयाँ पर्नेछ ।  ग्राहकले प्रि–अर्डरका दुईवटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटीई (३३२ जीबी)मध्ये कुनै एक रोज्न सक्नेछन् । जसमध्ये २४ इन्चको सामसङ मोनिटरका लागि पाँच हजार र सामसङ ए ७ लाइट एलटीईका लागि दुई हजार अतिरिक्त व्यहोर्नु पर्नेछ ।

Global Ime bank

ठूलो स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो रहेको कम्पनीले बताएको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध रहेको बताइएको छ । ग्यालेक्सी जेड फोल्ड ५ १२ जीबी र्‍यामसहित २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन् ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२/२५६ जीबी) को मूल्य दुई लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२/५१२ जीबी)को मूल्य दुई लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५(१२/२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् ।

 

अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण पाँच वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको चार पुस्ताका साथ उपलब्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय