site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते
Tiktok banner adTiktok banner ad

इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रीवाहक रेल दुर्घटना हुँदा मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रीको उद्धारकार्य जारी रहेको जानकारी दिए । उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह सहर कराँची पुर्‍याइएको बताए ।

कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको १६ देखि १७ डिब्बा रहेको हजारा एक्सप्रेस रेल नहरको पुल पार गर्ने क्रममा लिकबाट तल खसेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro