site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन प्रकरणका १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो
SkywellSkywell

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपितलाई आज साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका लागि पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपितहरूलाई पनि आज साँझ सीआईबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“आज साँझ आरोपितसहित मिसिलहरू आइपुगेको छ, अब भोलि सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ,” उनले भने ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सू’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

Royal Enfield Island Ad

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेकामा बिरामीका कारण एकजनालाई तारिखमा छाडिए पछि १७ जना हिरासतमा छन् । 

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro