site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो साता : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता हुने बताएका छन् ।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो साताका लागि तयारी गरिरहेको बताए ।

Dabur Nepal
NIC Asia

परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको उनले बताए । मन्त्री साउदले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई निरन्तरता दिने पक्षमा सरकार रहेको बताए ।

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए । विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै उनले वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको  बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro