देश
काठमाडौं । काठमाडौंका केही भू–भागमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०५:५३
प्रतिक्रिया दिनुहोस्