site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्कारी प्रकरण : युवा संघको आपत्ति

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको अगुवाइमा विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्र समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । सुन तस्कारी प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने युवा संघको माग छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेबेले दिलीप भुजेललाई समातेर मूल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए ।

पशुचौपायामा लागेको लम्पी स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारीपीडितको समस्या समाधान गर्न पनि युवा संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro