site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्रीले गरे उत्तराखण्डका मुख्यमन्त्रीलाई फोन, बेपत्ताको खोजी र उद्धारका लागि आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी बेपत्ता नेपालीको खोजी र उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् ।

उनले शनिबार उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयागस्थित गौरीकुण्डमा खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धारका लागि आग्रह गरेका हुन् ।

सो पहिरोमा परी १९ जना बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली छन् ।

बेपत्ताको खोजीका लागि शनिबार बिहानैदेखि सुरक्षाकर्मी र अरू निकाय खटाइएको मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग बताए ।

बेपत्ताको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको धामीले बताएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जानकारी गराएको छ ।

यसअघि, शुक्रबार परराष्ट्रमन्त्री साउदले दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर पहिरोमा परी बेपत्ता नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro