site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्कले 'एक्स'मा ल्याए लाइभ गर्न सकिने फिचर, यसरी प्रयोग गर्नुहोस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । एक्स (पहिलेको ट्विटर)ले लाइभ भिडियो गर्न सकिने नयाँ फिचर थपेको छ । कम्पनीका प्रमुख एलन मस्कले शुक्रबार एक्समा आफैँ लाइभमा आएर नयाँ फिचर सार्वजनिक भएको जानकारी गराएका हुन् ।

मस्कले एक्समा लेखेका छन्, “लाइभ भिडियोले अब उचित रूपमा काम गर्छ । तपाईंले पोस्ट गर्दा क्यामेराजस्तो देखिने बटनमा ट्याप गर्नुहोस् ।”

कसरी गर्ने ट्विटरमा लाइभ ?

ट्विटरमा लाइभ गर्न तपाईंले ट्विटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ र त्यहाँबाट लाइभ जान सकिन्छ । यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्छ ।

एलन मस्क आफैँले शुक्रबार लाइभ बसेर यो फिचर प्रयोग गरेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro