site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चौधरी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

विराटनगर । विराटनगर महानगरपालिकाका एक युवकमाथि गोली हानी हत्या गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

सुनसरीको धरानस्थित चारकोसे जंगलमा विराटनगर–५ का रोहित चौधरीमाथि गोली प्रहार गरेको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा छन् । गएको बिहीबार धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।

हत्यामा प्रयोग गरिएको बन्दुक विराटनगरका शर्माले उपलब्ध गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सोही घटनामा यसअघि पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का अनशन तामाङलाई कोसी प्रदेश प्रहरी कार्यालयले दुई दिनअघि सार्वजनिक गरेको थियो ।

यही साउन ५ गते धनकुटाको मूलघाटबाट विराटनगर फर्कने क्रममा पानी पिउन रोकिएका बेला चारकोसे जंगलमा चौधरीमाथि आक्रमण गरिएको थियो । सुनको सिक्री, मोबाइल र पैसा लुटेर उनीहरू भागेका थिए ।

घटनाका मुख्य नाइके भनिएका तिम्सिनाले गोली प्रहार गरेका थिए । चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरेर केही समयअघि छुटेका थिए । तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरेका व्यक्ति हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro