site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए
प्रतीकात्मक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् ।

दमाईंको शव घरदेखि करिब ५०० मिटर टाढा नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाईं सोमबारदेखि बेपत्ता थिए ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ,” उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।”

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्