site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्छ : अर्थमन्त्री
SkywellSkywell

वीरगञ्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् ।

बिहीबार सुख्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले भने, “भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौँ ।”

Dabur Nepal
NIC Asia

आयात भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको भन्दै मन्त्री महतले त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रणबाहिरको कुरा भएको बताए । बजारमा माल बस्तु छ, तर राजस्व घटिरहेको छ भने प्रश्न उठ्ने उनले बताए ।

“त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिँदा भने राजस्व कम उठ्छ,” उनले भने ।

जायज कुरालाई नाजायज बनाउने, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ थियो ।

“प्रविधिलाई अपग्रेट हुनुपर्छ । सुख्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन । किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो,” महतले भने, “प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ । त्यसलाई अपग्रेट गर्न रिसोर्सको कमी हुँदैन, तर तपाईंहरुले सहयोग गर्नुपर्छ ।”

राजस्वको लक्ष्य के  छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको महतले प्रष्ट पारे ।

“राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ । सुख्खा बन्दरगाहमा के भइरहेको छ ? वीरगञ्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन्,” उनले भने, “त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? वीरगञ्जमा हुनुपर्यो नि, सुख्खा बन्दरगाहमा हुनुपर्यो भनेर तपाईँहरुलाई भन्नेछन् । त्यसकारण तपाईंहरु सजक रहनुहोस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu