site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनुवाइ समितिमा यूएई र कुवेतका लागि प्रस्तावित राजदूतले के भने ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसदीय सुनुवाइ समितिले दुई देशका लागि राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ । समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (यूएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो ।

उनीहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका छन् ।

क्षेत्रीले आफ्ना लागि अवसर भएकाले यूएईमा रहेका नेपालीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले देशको हितका लागि आवश्यक कामहरूलाई यूएई सरकारसँग समन्वय र सल्लाह गरेर अघि बढाउने बताए । उनले द्विपक्षीय सम्बन्ध सुधार र विस्तारका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए ।

लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यानमा राखेर काम गर्ने बताए । उनले कुवेतमा रहेका नेपाली नागरिकको हक हितमा केन्द्रित भएर काम गर्ने पनि बताए ।

सांसदहरूले राजदूतले आफू जाने विश्रामस्थलको रूपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । उनीहरूले राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरूको हक हित सुनिश्चित गर्नमा जोड दिन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro