site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणपति वनस्पति र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरूलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

मंगलबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा गणपति वनस्पति लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस उद्योगले सफारी र रामदेव ब्राण्डहरूमा प्रशोधित सन फलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलिन तेल बिक्री वितरण गर्दै आएकोमा हालै मात्र नेवबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको जानकारी दिएको छ ।

मेक इन नेपाल–स्वदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा  ठूलो घिउ तेल उत्पादन  गर्ने यस गणपति वनस्पति लिमिटेड सर्वाधिक निर्यातकर्ता भइ लगातार तीन पटकसम्म नेपाल उद्योग परिसंघबाट सम्मानित पनि भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro