site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुर्सी नछुट्याएपछि हिक्मत कार्कीको आक्रोश– अधिनायकवादतर्फको यात्रा
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सत्तारूढ दलहरू अधिनायकवादतर्फ गएको आरोप लगाएका छन् । बुधबार मुख्यमन्त्री उद्धव थापाको शपथ समारोहमा आफूलाई निवर्तमान मुख्यमन्त्रीको रूपमा अस्वीकार गरिएको बताएका छन् । 

अघिल्लोपटक पनि थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका कार्कीले बुधबारको शपथ ग्रहण पनि बहिस्कार गरेका थिए । 

Dabur Nepal
NIC Asia

"निर्लज्जताको पराकाष्ठा, अधिनायकवादतर्फको यात्रा : आज कोसी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन् । यस घटनाबाट संविधानको सर्वोच्चता, कानुनी राजको उपहासमात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन्," फेसबुकमा उनले लेखेका छन् । 

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro