site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायीका माग सम्बोधन गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनप्रति ध्यानाकर्षण गराउँदै महासंघले यस विषयमा सरकार गम्भीर हुनुपर्ने जनाएको हो । निर्माण क्षेत्रका जायज माग सरकारले सुनुवाइ नगरेको भन्दै यसले अर्थतन्त्रमा नै समस्या पर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

“कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेकोले त्यसतर्पm सरकार संवेदनशील हुनु जरुरी छ,” विज्ञप्तिमा उल्लेख छ ।

विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिदा सरकारको पुँजीगत खर्च हुन नसकेको महासंघको ठहर छ ।

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको भन्दै यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro