देश
काठमाडौं । प्रहरीले आपराधिक गतिविधिमा सलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका श्यामबहादुर लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप गोकुलगंगाका बिक्की लामालाई पक्राउ गरेको हो ।
उनीहरूले काठमाडौंको बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाएर आपराधिक गतिविधि गर्दै आएको खुलेको कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
पछिल्लो समय उपत्यकामा गुन्डागर्दीका घटना बढ्न थालेपछि प्रहरी सक्रिय भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १८:२५
प्रतिक्रिया दिनुहोस्