site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
विवादमा टेरामक्स– ग्राहकको गोपनीयता कसरी कायम रहन्छ ?
SkywellSkywell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याउन खोजेको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ अर्थात् टेरामक्स विवादित बनेको छ ।  टेलिकम अपरेटर कम्पनीहरु टेरामक्स प्रविधि आफ्नो प्रणालीमा जडान गर्न सहजै तत्पर नहुँदा नियामक निकायको यो योजना विवादित बनेको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक र नेटवर्क निगरानी एवं ‘फ्रड’ व्यवस्थापनका लागि प्राधिकरणले टेरामक्स प्रणाली सञ्चालनमा ल्याउन खोजेको छ । तर, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले ग्राहकको डाटा गोपनीयताको विषय र प्राविधिक जटिलता देखाउँदै टेरामक्स प्रणाली आफ्नो सिस्टममा जोड्न मानिरहेका छैनन् ।

टेरामक्स टेलिकम कम्पनीको मोबाइल स्विचिङ सेन्टरमा जडान हुन्छ ।   मोबाइल स्विचिङ सेन्टर फोन नेटवर्कको त्यो मुख्य भाग जहाँबाट प्रयोगकर्ताहरुबीचको फोन कल र म्यासेज साटासट हुने गर्छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले प्राधिकरणले पहिलो पटक आह्वान गरेअनुसार टेरामक्सको उपकरण आफ्नो नेटवर्कमा जोड्न प्राविधिक र काुननी समस्या रहेको बताएको थियो ।

Dabur Nepal
NIC Asia

“टेरामक्सको प्रोब सोझै हाम्रो उपकरणमा जोड्ने कुरा थियो । त्यसमा दुईवटा समस्या थियो । एउटा प्राविधिक समस्या हाम्रो उपकरण एउटै सिग्नल दुई ठाउँमा निकाल्न सकिने गरी डिजाइन गरिएको थिएन,” टेलिकमका एक अधिकारीले भने, “दोस्रो कुनै पनि ग्राहकको विवरण अदालतको आदेशबिना कसैलाई नदिनू भन्ने सर्वाेच्च अदालतको आदेश थियो । यो गोप्य राख्ने जिम्मेवारी सेवा प्रदायकको हुन्छ । त्यसो भएकाले यी दुई वटा समस्या थियो ।”

पछिल्लो पटक टेलिकमलाई पठाएको पत्रमा प्राधिकरणले टेरामक्स जडान गर्दा ग्राहकको कुनै पनि डाटामा पहुँच नहुने र आवश्यक परेमा ‘इन्क्रिप्टेड’ समेत गर्न सक्ने भनेपछि यस अनुसार छलफल भइरहेको टेलिकमको भनाइ छ ।

कुनै पनि नयाँ कुरा ल्याउँदा, लागु गर्दा कार्यविधि बनाएर अघि बढ्ने प्रचलन रहेको र त्यसरी अघि बढ्दा स्पष्टता हुने भए पनि प्राधिकरणले टेरामक्सको सन्दर्भमा त्यस्तो नगरेको भन्ने टेलिकमको गुनासो छ ।

“नयाँ कुरा ल्याउँदा कार्यविधि बनाइएको भए त्यसले स्पष्ट पार्ने थियो । अहिले एउटा काम गरेर भोलि अर्काे नपुग्ला त्यो गर्नुपर्ला, फेरि अर्काे समस्या आउला भन्ने हुन्छ । त्यसैले स्पष्ट कार्यविधि भइदिए सजिलो हुन्थ्यो भन्ने पनि हो,” नेपाल टेलिकमका एक अधिकारीले भने ।

प्राधिकरणले पछिल्लो पटक जारी गरेको सूचनामा ‘टेलिकम अपरेटरलाई टेरामक्स प्रविधिले आफ्ना ग्राहकको गोपनीयतामा अनधिकृत पहुँच हुन्छ भन्ने लागेमा प्राधिकरणलाई उपलब्ध गराउने डाटालाई इन्क्रिप्टेड गर्नसक्छ’ भनेर उल्लेख गरेको छ ।

यसमा सकारात्मक देखिएको टेलिकमले टेरामक्स प्रविधि जडानका लागि छलफलमै रहेको बताएको छ ।

“इन्क्रिप्सन कुन लेबलको हो ? के–के कुरा त्यसमा हाल्न मिल्यो ? अथवा हाम्रो जिम्मा के हो, प्राधिकरणको के हो ? यो एक ‘प्रोसिजर’ जस्तो भइदियो भने ‘क्लियर’ हुन्थ्यो भन्ने हो । तर, हामी छलफल गरिरहेका छौं । टेक्निकल टिमले अध्ययन गरिरहेको छ,” टेलिकमका ती अधिकारीले भने, “हामी टेरामक्स प्रविधिको कार्यान्वयन नगर्ने भन्नेमा हैन्, अलिकति स्पष्टताको अभावले समस्या भएको हो ।”

इन्क्रिप्सन गर्दा प्राधिकरणले निगरानी गर्ने डाटामा नम्बर नदेखिने, कसले कसलाई फोन गरेको भन्ने नदेखिने, फोन गरेको समय नदेखिने जस्ता प्रक्रिया अपनाउन सकिन्छ ।  यसअनुसार अघि बढ्न नेपाल टेलिकम सकारात्मक देखिएको छ । 

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सरकारले ल्याएको नीति नियमको पालना गर्न तयार रहेको बताएको छ । तर, ग्राहक गोपनीयता र सुरक्षाको बिषय सधैं प्राथमिकतामा रहेको कम्पनीको भनाइ छ ।

किन आवश्यक छ टेरामक्स ?

टेरामक्स प्रविधिमार्फत् दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण र न्यूनीकरण गर्न सकिने प्राधिकरणले बताएको छ । यसका साथै सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको भनाइ छ ।

टेरामक्स टेलिकम अपरेटरको प्रणालीमा जडान हुने भए पनि यसले म्यासेज पढ्न र देख्न नसक्ने, फोनकलको भ्वाइस ट्यापिङ गर्न नसक्ने र मिडिया फाइलहरुमा पहुँच पाउन नसक्ने प्राधिकरणको दाबी छ ।

टेलिकम अपरेटरको ग्राहक संख्या बढ्दै जाने, भ्वाइस, डाटाको प्रयोग बढ्दै जाने र सेवाको विस्तार हुँदै जाने भए पनि विगतका वर्षको तुलनामा २०औं अर्ब रुपैयाँ भन्दा बढी आम्दानी घट्नु वास्तविकता पत्ता लगाउन टेरामक्सले मद्दत गर्नेछ ।

यस्तै कल बाइपासबाट राज्यलाई अर्बाैंको क्षति भइरहेको भन्दै यसलाई न्युनीकरण गर्न पनि टेरामक्सले काम गर्ने प्राधिकरणले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu