site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको कमलादीमा प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर
Tiktok banner adTiktok banner ad

काठमाडौं । सामसङ नेपालको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपले काठमाडौंको कमलादीमा ‘प्रिमियम एक्स्पेरियन्स स्टोर’ सञ्चालनमा ल्याएको छ ।

अगस्ट १ देखि सञ्चालनमा आएको स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरेका हुन् ।

स्टोरमा सामसङको सम्पूर्ण इको सिस्टमलाई प्रदर्शन गरिने र उपभोक्ताहरुलाई प्रडक्टको सहज जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो ब्रान्ड स्टोरले ग्राहकलाई उत्कृष्ट उपभोक्ता अनुभव दिने र ग्राहकले यहाँबाट सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोन, ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्ट वाच, ट्याब्लेट, सामसङ मोनिटर, सामसङका अन्य उपकरण र सामसङ टेलिभिजन पाउन सक्ने कम्पनीले बताएको छ ।

स्टोरमा गेमिङमा चासो राख्नेका लागि प्रिमियम सामसङ मोनिटर राखिएको छ ।

स्टोरबाट ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स झन्झटरहित शून्य ब्याजदरसहित मासिक किस्तामा सामान किन्न सक्ने सुविधा भएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro