site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फातीको निर्णायक गोलमा बार्सिलोनाले मिलानलाई हरायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रि–सिजनको क्लब मैत्रीपूर्ण फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन सिरी ‘ए’ को क्लब एसी मिलानविरुद्ध १–० को जित निकालेको छ ।

बुधबार अमेरिकास्थित एलेजायन्ट रंगशाला भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले निर्णायक गोल गरे । फातीले ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रि–सिजनको तयारीका लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले यसअघि इंग्लिस क्लब आर्सनलसँग ५–३ को हार बेहोरेको थियो । यस्तै, स्पेनिस प्रतिद्वन्दी रियाल मड्रिडविरुद्ध ३–० को जित निकालेको थियो । बार्सिलोनाले अब प्रि–सिजनको अन्तिम खेलमा टोटनहमविरुद्ध अगस्ट ८ मा खेल्नेछ ।

मिलान भने यसअघि भएको खेलमा रियाल मड्रिडसँग ३–२ ले र युभेन्टससँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

Global Ime bank

स्पेनिस ला लिगाको नयाँ सिजनको अगस्ट ११ बाट र इटालियन सिरी ‘ए’ अगस्ट २० देखि सुरु हुँदै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement