site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इङ्ल्यान्ड र चीन अन्तिम–१६ मा

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ६–१ को सहज जित निकाल्दै इङ्ल्यान्ड समूह विजेताको रूपमा फिफा महिला विश्वकपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।

मंगलबार अस्ट्रेलियाको एडिलेडस्थित हिन्दमार्श रंशालामा इङ्ल्यान्डलाई जित दिलाउन लोरेन जेम्सले दुई गोल गरिन् । यस्तै, एलिसिया रुसो, लोरेन हेम्प, क्लो केली र राचेल डेलीले समान एक गोल गरे । चीनका लागि वाङ्ग सुआङ्गले एक गोल फर्काएकी थिईन् ।

खेलको पाँचौँ मिनेटमा रुसोको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । २६औँ मिनेटमा हेम्पले टोलीको अग्रता दोब्बर बनाइन् ।

Dabur Nepal
NIC Asia

४१औँ मिनेटमा जेम्सले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा ३–० को सहज अग्रता लियो । ५७औँ मिनेटमा सुआङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् ।

६५औँ मिनेटमा जेम्सले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । ७७औँ मिनेटमा केलीको गोलमार्फत इङ्ल्यान्ड ५–१ ले अगाडि बढ्यो । ८४औँ मिनेटान डेलीले गोल गर्दै इङ्ल्यान्डलाई ६–१ को सहज जित दिलाइन् ।

योसँगै शतप्रतिशत जितसहित समूह 'डी' को विजेता बनेको इङ्ल्यान्डले तीन खेलबाट नौ अंक जोड्यो । समान खेलबाट तीन अंक जोडेको चीन भने तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार नै पर्थ रेक्ट्याङ्गुलर रंगशालामा भएको खेलमा हाइटीविरुद्ध २–० को जित निकाल्दै डेनमार्कले पनि समूह उपविजेताको रूपमा प्रि–क्वार्टरफाइनलमा स्थान सुनिश्चित गर्‍यो ।

डेनमार्कलाई जित दिलाउन पेर्निल हार्डर र साने निल्सनले समान एक गोल गरे । खेलको १०औँ मिनेटमा हार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इन्जुरी समयमा निल्सनले गोल गर्दै टोलीलाई २(० को जित दिलाइन् ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको डेनमार्क उपविजेता बनेको हो । तीनै खेलमा हार बेहोरेको हाइटी अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो ।

अब क्वार्टरफाइनल प्रवेशका इङ्ल्यान्डले नाइजेरिया र डेनमार्कले आयोजक अस्ट्रेलियाको सामना गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro