site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायीको आन्दोलनमा पूर्ण समर्थन छ : सांसद सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निर्माण व्यवसायी गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

ठेक्का लागिसकेपछि ‘रनिङ बिल’मा समेत निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । केही दिनपछि अरनिको राजमार्ग ठप्प पार्ने गरी आन्दोलन हुन लागेको र आफू पनि त्यसमा सहभागी बन्न सक्ने उनको भनाइ छ ।

आन्दोलनकारीका माग जायज भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको उनले बताए । सांसद सापकोटाले चालु रहेका आयोजनाकै भुक्तानी गर्न नसकिए नयाँ योजनाको कुरा गर्नु बेकार हुने पनि बताए ।

“निर्माण व्यवसायीहरू अहिले पनि हड्तालमा हुनुहुन्छ, प्रधानमन्त्री निवासअगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५÷६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेन्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ । केही दिनपछि त अरनिको राजमार्ग समेत ठप्प पार्ने गरी चुनौतीहरू आएका छन्,” उनले भने, “आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ । चालु रहेका प्रोजेक्टहरूकै पेमेन्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो त कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको संघारमा छौँ, यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने, एकै ठाउँमा अर्बौँ रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।”

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro