site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मल वितरणमा सहकारीले कालोबजारी गरे : कृषिमन्त्री भुसाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले मल वितरणमा स्थानीय तहबाट कालोबजारी भएको बताएका छन् ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री भुसालले स्थानीय तहले सहकारीलाई मल वितरणको जिम्मा दिँदा कालोबजारी बढेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"संघीय सरकारले मल खरिद मात्र गर्ने हो । स्थानीय तहले सहकारीबाट मल वितरण गरेको छ । त्यहाँ घोटला भएको छ," उनले भने, "विभिन्न जिल्लामा कालोबजारी भएको प्रमाण छ । केहीलाई हामीले कारबाही गरेका छौं ।"

अर्थ मन्त्रालयले समयमा नै बजेट व्यवस्था नगर्दा पनि मल खरिद गर्न समस्या परेको मन्त्री भुसालले बताए ।

Global Ime bank

यो वर्ष पाँच लाख मेट्रिक टन मल ल्याउने योजना रहेकोमा मल आइसकेको उनले बताए । अब बाँकी २५ हजार मेट्रिकटन मात्र आउन बाँकी रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement