site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने 
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

भारी वर्षाका कारण हुनसक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैबीच, रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा भएको छ । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्र भएर बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । त्यसैले नदी तथा खोलाका तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro