site stats
बाह्रखरी :: Baahrakhari
देश
पेस्तोल र गोलीसहित दुईजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिरहामा पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

सुखीपुर नगरपालिका–४, गोडिअर्वाबाट ‘होममेड सेमिअटोमेटिक’ पेस्तोल एकथान र त्यसमा लाग्ने पाँच राउन्ड गोलीसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा सिरहाकै औरही गाउँपालिका–२, बननियामा बस्दै आएका २४ वर्षीय कम्रुदिन राइन र १८ वर्षीय एक किशोर रहेका छन् ।

बीआर३२एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्