site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिजनको पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ सिजन २०२३–२४ को पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाले ३–० को जित निकालेको छ ।

शनिबार अमेरिकाको टेक्सासस्थित एटीएन्डटी रंगशालामा सम्पन्न प्रि–सिजनको पहिलो ‘एल क्लासिको’मा चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध जित दिलाउन बार्सिलोनाका ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले समान एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १५औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लोपेजले ८५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा टोरेसले गोल गरेपछि बार्सिलोनाले ३–० को जित निश्चित गरेको थियो ।

त्यसअघि, २०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा रियालले गोलको सुनौलो अवसर खेर फाल्यो । बार्सिलोनाका रक्षक रोनाल्ड अराउहोले १८ यार्ड बक्सभित्र हातले बल छोएपछि रियालले पेनाल्टी पाएको थियो । तर, भिनिसियस जुनियरको प्रहार बारमा लागेर फर्कियो ।

Global Ime bank

बार्सिलोना यसअघि प्रि–सिजनको पहिलो खेलमा आर्सनलसँग ५–३ ले पराजित भएको थियो । जाभी हर्नान्डेजको टिमले अब बुधबार इटालियन क्लब एसी मिलानविरुद्ध खेल्नेछ ।

रियालको यो प्रि–सिजनको पहिलो हार हो । कार्लो एन्सेलोट्टीको टिमले यसअघि एसी मिलानविरुद्ध ३–२ र म्यानचेस्टर युनाइटेडविरुद्ध २–० को जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement