site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा तनाव : अश्रुग्यास प्रहार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीमा शनिबार बेलुका तनाव सिर्जना भएको छ । गोडैता नगरपालिका–७, गोडैता बजारमा झडपको स्थिति बनेको हो ।

तर, अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी नरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार मुस्लिम समुदायले मोहरम पर्व मनाइरहेका बेला उच्छृंखल समूहले ‘डिस्टर्ब’ गर्ने प्रयास गरेको थियो । आफूहरूले स्थिति नियन्त्रणमा लिएको उनले बताए ।

स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको उनले जानकारी दिए । “अहिले स्थिति सामान्य भइसक्यो, यो (शनिबार बेलुका) ८/साढे ८ बजेतिरको घटना हो,” उनले बाह्रखरीसित भने, “त्यसलाई रोक्न अश्रुग्यास प्रहार गर्‍यौँ, कति सेल प्रहार गर्‍यौँ भन्ने अहिले बुझ्दै छौँ ।”

कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी खटिएको र उच्छृंखल समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको उनले बताए । मुस्लिम समुदायका कुनै व्यक्तिलाई केही नभएको उनको भनाइ छ ।

“दुई समूहबीच झडप हुन पाएन, प्रहरीले रोक्यो,” उनले भने, “रोक्न खोज्दा प्रहरीमाथि सिसाका बोतल, ढुंगा प्रहार गरेका थिए ।”

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro