site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुशासन नै सहिदप्रतिको सम्मान 
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र आर्थिक–सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताएका छन् । शनिबार बिहान राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोलमा अवस्थित सहिद स्मारकको अवलोकन,सहिदहरूप्रति माल्यार्पण तथा वृक्षारोपणपछि सहभागीहरूलाई संक्षिप्त सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सहिद पार्क कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ भएको उनको भनाइ छ । उनले छुटेका, निजामती सेवा एवम् सुरक्षा क्षेत्रका र बेपत्ता बनाइएका सबै योद्धालाई समेटेर सहिद स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग आवश्यक रहेको बताए । 

सहिद र बेपत्ता योद्धाले ऐतिहासिक राजनीति परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको उनले बताए । सहिद र बेपत्ता योद्धाको सम्मानका लागि भ्रष्टाचार र कमिसनतन्त्रलाई अन्त्य गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने बताएका उनले सरकारले शुरु गरेको अहिलेको भ्रष्टाचारविरोधी अभियानमा सबैको सहयोग जरुरी भएको बताए । 

“जो–जो दोषी वा अपराधी छ्न्, तिनलाई कारबाही गरिन्छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro