site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहिले तोडिएला नेपालमा मनसुन ‘ड्रप’ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा मनसुनको प्रभाव रहे पनि देशभर एकैसाथ झरी परिरहेको छैन । मनसुनको आंशिक प्रभाव मात्रै रहँदा देशभर एकसाथ झरी पर्न नसकेको हो । विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि भारी वर्षा भए पनि देशभर एकसाथ लामो समयसम्म पानी पर्न सकेको छैन ।

“अहिले मनसुन ड्रप छ । मनसुन ड्रप एक/दुई दिनमै तोडिनु पर्ने हो । केही दिन अगाडि हेर्दा एक/दुई दिनमै मनसुनमा रहेको ड्रप तोडिने देखिएको थियो,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “हामी अध्ययन गरिरहेका छौँ, यसबारे चाँडै जानकारी दिने छौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुन ड्रप भएको हो । न्यूनचापीय रेखा सरदर स्थानभन्दा जति धेरै दक्षिणतिर हुन्छ, त्यति नै धेरै नेपालमा मनसुन ड्रप हुन्छ । नेपालमा रहेको मनसुन ड्रप तोडिन दक्षिणतिर रहेको न्यूनचापीय रेखा उत्तरतर्फ अर्थात् नेपालतिर सर्नुपर्ने मौसमविद् सञ्जव अधिकारी बताउँछन् । 

न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा भारतमा धेरै वर्षा हुन्छ । “त्यही भएर केही समययता भारतका धेरै स्थानमा ठूलो वर्षा भएको हामीले सुनिरहेका छौँ,” मौसमविद् सञ्जिव भन्छन्, “न्यूनचापीय रेखा सरदर स्थानभन्दा जतिधेरै उत्तरतर्फ सर्छ त्यति नै नेपालमा धेरै र भारतमा कम वर्षा हुन्छ ।” 

Global Ime bank

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय