site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर

रुकुमपूर्व । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुंगा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

Dabur Nepal
NIC Asia

सडकमा झरेको ढुंगा हटाउन ‘ब्रेकर’बिना असम्भव रहेको उनले बताए । ढुंगा फुटाउनका लागि निर्माण व्यवसायीसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताएका छन् । अहिले पनि जेसिबीले पहिरो पन्छाइरहे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको उनले जानकारी दिए ।  

बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन् । काठमाडौं, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । उनले आवागमन अवरुद्ध हुँदा यात्रु समस्यामा परेका बताए ।  

काठमाडौंबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई हिँडाएर पहिरो कटाएर अटोमार्फत रुकुमकोट पठाइएको प्रजिअ शर्माले जानकारी दिए । जिल्लाका अन्य ठाउँमा झरेको पहिरो छोटो समयमै हटाएर सडक सञ्चालन गरे पनि काँडाबगरमा ठूलो पहिरो झरेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ थियो । सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro