site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकको गत वर्षको नाफा दुई अर्ब २१ करोड 
SkywellSkywell

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले शुक्रबार सामान्य नाफा बढेको वित्तीय विवरण प्रकाशन गरेको हो । 

बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिसम्ममा बैंकले दुई अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

KFC Island Ad
NIC Asia

गत वर्ष बैंकले खुद ब्याज आम्दानीबाट पाँच अर्ब ८५ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष चार अर्ब ९९ करोड ३४ लाख रुपैयाँ आर्ज गरेको थियो । बैंकले असार मसान्तसम्म तीन अर्ब सात करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफाबाट दुई अर्ब ७० करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब तीन करोड ७२ लाख रुपैयाँ रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा वितरणयोग्य मुनाफा घटेको हो । अघिल्लो वर्ष एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा थियो । 

Royal Enfield Island Ad

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो खराब कर्जा २.२२ प्रतिशत थियो । 

असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा सात अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले एक खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro