site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ आज भारी वर्षा
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी,  वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । 

विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोसी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro